मलेसियामा कोरोनाले बाट जुलाईभरिमा ६७ जना नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), १८ साउन ।

मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरि एकै महिना भित्रमा जम्मा ६७ जना नेपाली श्रमिकको मृत्यु भएको छ।

मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव प्रतीक कार्कीले जानकारी गराए अनुसार मलेसियामा यहीँ बर्ष सन् २०२१ को गएको महिना जुलाईभित्रमा जम्मा ३८ जना नेपाली श्रमिकको मृत्यु कोरोना संक्रमणले भएको र अन्य विभिन्न कारणबस जम्मा २९ जना नेपाली श्रमिकको मृत्यु भएको गरेर एकै महिनाभित्र जम्मा ६७ जना नेपाली श्रमिकको मृत्यु भएको बताउनु भएको हो।

द्धितिय सचिव कार्कीका अनुसार मलेसियामा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेसम्म जम्मा ६५ जना नेपाली श्रमिकले कोरोना संक्रमणले ज्यान गुमाएका छ्न , भने कोरोनाबाट संक्रमित हुने नेपालीको यकिन तथ्यांक नभए पनि अन्दाजी करिबकरिब ६ हजारको हाराहारीमा नेपाली श्रमिक कोरोनाबाट संक्रमित भएको हुन सक्ने जनाएको छ।

मलेसियामा कोरोनाबाट संक्रमित हुने बढी नेपाली श्रमिकहरु ठुलठुल्ला म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत रहेकाहरु छ्न , भने कोरोनाले मृत्यु हुनेहरुमा पछिल्लो समय विभिन्न सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु रहेको जनाइएको छ।

मलेसियामा आजको मितिसम्म कोरोनाबाट संक्रमित हुने जम्मा मानिसको सङ्ख्या ११ लाख ४६ हजार १८६ जना पुगेको छ्न , भने मृत्यु हुने जम्मा मानिसको सङ्ख्या ९ हजार भन्दा बढी रहेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।