बालकोटमा मध्यरात पुग्यो यस्तो सूचना, माधव कुमार नेपालले आजै यस्तो निर्णय लिँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १८ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमारनेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले

पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ।

’अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, भोलि बस्ने ‚

स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ।”

उनले एक छुट्टै प्रसंगमा नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका थिए । एमालेको विधानले त्यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए ।

उनले यसअघि विवाद समाधानका लागि बनेको कार्यदलबाट पारित १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए । हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ,” उनले भने, त्यसरी जाँदा विद्यमान विधान र नियमावलीमा के छ ?

त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।