मलेसियामा को’रोना संक्रमणबाट एक नेपालीको मृत्यु !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, मलेसिया, १६ साउन ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका एक नेपालीको को’रोना भा’इरस संक्र’मणबाट ज्यान गएको छ।

बिगत दुई बर्षदेखि मलेसियामा सुर’क्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको को’रोना भाइरसको संक्रमणबाट ज्यान गएको नेपाली दूतावासले जनाएको छ।

नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके सेक्युरिटी सर्भिस नामक कम्पनीमा सुर’क्षागार्ड कार्यरत ४३ बर्षीय नेपाली कामदार मनिकुमार चन्द बोहोराको को’रोना भाइ’रसको संक्र’मणले हिजो बिहीवार ज्यान गएको कम्पनीमा कार्यरत एक नेपालीले नयाँ पुस्तालाई बताए।

यही महिना जुलाई २३ तारिखका दिन को’रोनाको लक्षण पो’जेटिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वारे’न्टाईनमा रहेका थिए।

होस्टलमै उनको स्वास्थ्य अवस्था विग्रन थालेपछि कम्पनीले एम्बुलेन्स बोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउँदा मिलाउदै उनको मृ’त्यु भएको जनाइएको छ। हाल वोहोराको श’वलाई पोष्टमार्टमको लागि सलायाङ अस्पतालमा राखिएको छ।