हार्ले डेभिसन बाइक चलाउँदा अमेरिकामा पनि हेलमेट लगाउँदैनन् : पारस शाह

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्।शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झ गडा भएको थियो।

प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।सामाजिक सञ्जाल मार्फत पारसले हार्ले डेभिसनको बाइस चलाउँदा अमेरिकामा पनि हेलमेट नलगाउने गरेको बताएका हुन। उनले फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यो मेरो जिन्दगी हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन्।’

हेल्मेट बिनानै मोटरसाइकलमा सवार पूर्वयुवराज पारस शाहलाई नारायण गोपाल चोकमा ट्राफिक प्रहरीले समातेको थियो । शुक्रबार साँझ साढे ७ बजेको समयमा बिना हेल्मेट मोटरसाइकल कुदाइरहेका उनलाई प्रहरीले समातेपछि केही समय त्यहाको स्थिति त ना वग्र स्त भएको थियो ।

पूर्वयुवराज शाह र प्रहरीबीच भएको विवादको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार ट्राफिक नियम मिचेका शाहले उल्टै प्रहरीलाई थ र्काइ रहेका छन् भने उनलाई समातेका प्रहरीले भने उच्च अधिकारीलाई रिपोर्ट गरिरहेका छन् ।