बादलसहित सबै नेताहरु माओबादी केन्द्र प्रवेश

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार पुर्वसांसदको रिटमाथि आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ भइरहेको छ ।
कारबाहीमा परेपछि पदमुक्त भएका चार पुर्वसांसदको रिटमाथि आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ भैरहेको छ ।

माओवादी त्यागेर एमाले ओली पक्षमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुर्नवहालीको माग गर्दै रिट दर्ता गरेका थिए । उक्त रिटमाथि आज कार्कीको इजलासमा पेसी तोकिएको हो ।

चारै जनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

स्रोतका अनुसार चार नेता नै माओबादी केन्द्र फर्किने भएको छ। स्रोतला अनुसार रामबहादुर थापा बादल पनि माओबादी केन्द्र प्रवेश गर्न सकेका छन्।