मलेसियामा सुरक्षागार्डमा नेपाली युवा बोहोराको मृत्यु !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, १६ साउन ।

वैदेशिक रोजगारीको निम्ति बिगत दुई बर्ष देखि मलेसियामा सु’रक्षागार्डको रुपमा कार्यरत एक नेपाली कामदारको को’रोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको छ।

नेपाल ठेगाना कपिलवस्तु जिल्ला घर भई मलेसियाको क्वालालम्पुरमा अवस्थित जेके से’क्युरिटि सर्भिस नामक कम्पनीमा सु’रक्षागार्डमा कार्यरत ४३ बर्षिय नेपाली कामदार मनिकुमार चन्द बोहोराको को’रोना भाइरसको संक्रमणले हिजो बिहिवार मृ’त्यु भएको सोही कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराउनु भएको हो।
यहीँ महिना जुलाई २३ तारिखका दिन मनिकुमारमा को’रोना लक्षण पोजेटिभ देखिएपछि उनी कम्पनीले बस्न दिइएको होस्टलमै होम क्वा’रेन्टाईनमा रहेका थिए ।होस्टलमै उनको अवस्था वि’ग्रन थालेपछि कम्पनीले एम्वुलेन्स वोलाएर अस्पतालमा लैजाने ब्यवस्था मिलाउदा मिलाउदै उनको मृ’त्यु भएको जनाइएको छ।

थप समाचार – मलेसियामा सयौँ नेपाली कामदारहरु अलपत्र परेको बताइएको छ । ‘ए’क्जिट मेमो’ नपाएपछि स्वदेश जान नपाएर सयौं नेपाली रो’किएको मलेसियाली सञ्चारमाध्यम ‘फ्रि मलेसिया टुडे’ ले जनाएको छ।‘एक्जिट मेमो’ आप्रवासी श्रमिकले आफ्नो ‘वोर्क भिसा’को म्याद सकिएसँगै घर जानुभन्दा अगाडी प्राप्त गर्नुपर्ने हुन्छ।

क्वलालम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीका अनुसार देशव्यापीरुपमा को-भि’ड महामारीको कारणले लगाइएका प्र’तिबन्दका कारण अध्यागमन कार्यालय बन्द रहेकाले यो समस्या सिर्जना भएको हो। उनले भनेका छन्, ‘यस सम्बन्धमा मलेसियाको सरकारले पुनर्विचार गर्नुपर्दछ।’

देश फर्किन नपाउँदा सयौं नेपाली बेतलबी बस्नुपरेको, जसले गर्दा अलिकति बचेको रकम पनि खर्च गर्नुपर्ने बाध्यता छ। केही नेपाली भने काम गरिरहेको साथीहरुको सहयोगमा बस्न बाध्य भएको बताइएको छ। अ’वैधानिक आप्रवासी श्रमिकहरूप्रति गरिएका विभिन्न अपरेसनको कारण नेपाली श्रमिक अप्ठ्यारो अवस्थामा परेको बताइएको छ।

द्वितीय सचिव कार्की भन्छन् ‘उहाँहरु बैधानिक श्रमिक हुनुहुन्छ । तर, लकडाउनले नि’म्त्याएको परिस्थितिका कारण अवैधानिक बन्न पुग्नुभएको छ।’ दूतावासले यसबारेमा सक्दो पहल गरिरहेको कार्कीले बताएका छन्। ‘तर,यसमा पनि निश्चित सीमा हुन्छ,’ कार्कीले भनेका छन् ‘हामीसँग पाँचसयभन्दा बढी यस्ता श्रमिक हुनुहुन्छ।’

दूतावासले यससम्बन्धमा अध्यागमन अधिकारीसँग कम्तीमा एउटा काउन्टर खुल्ला राखेमा श्रमिक वा रोजगारदाताले ‘ए’क्जिट मेमो’ प्राप्त गर्न सक्ने, र जसले गर्दा उनीहरूले निश्चित अवधिमा देश छो’ड्न सक्ने भन्दै अनुरोध गरिएको बताइएको छ। थुप्रै नेपाली घर जान चाहे पनि बाध्यतावस कामलाई जारी राखेको बताइएको छ।