वर्षमान पुनको खुलासा : ७ वर्ष कांग्रेस र माओवादीबीच सहकार्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ साउन ।

वर्षमान पुन सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हुन्, जो केपी ओली सरकारमा उर्जामन्त्री रहेर बाहिरिएपछि कांग्रेससहितको विपक्षी गठबन्धन निर्माण गर्न सक्रिय थिए ।अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १७ दिन वित्यो । तर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको छैन । गठबन्धनमा आवद्ध दलहरुबीच भागबण्डामै कुरा अड्कीएपछि २० मन्त्रालय नेतृत्वविहिन अवस्थामा छन् ।बरु गठबन्धनभित्रबाटै विरोधका आवाजहरु बाहिरिन थालेका छन् ।

पूर्वमाओवादी नेताको रिट हेर्न नभ्याइने सूचीमा

सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो । नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरु बुधबार सर्वोच्च अदालत पुगेका थिए ।