‘केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन सकियो : गगन थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ साउन ।

सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् ।

वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए ।

अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने थापाले बताए । उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन अब गए ।’

ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको बताउँदै अब वर्तमान सरकारले देशलाई थितिमा ल्याउने काम गर्नुपर्ने थापाले बताए ।