पार्टी एकता बनाउने हो भने मलाई संसदीय दलको नेता बनाउनुहोस : माधवकुमार नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता बचाउने हो भने आफूलाई संसदीय दलको नेता बनाउनु पर्ने माग गरेको छन् । एमाले एकताका लागि अन्तिम प्रयास भइरहेका बेला नेता नेपालले थप माग अगाडि सारेका थिए । उनले यसअघि आफूलाई पार्टीको निर्णय प्रक्रियामा हस्ता*क्षरसहितको दोस्रो अध्यक्षको माग गर्दै आएका छन । त्यसअघि केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट रा*जीनामा दिनुपर्ने माग गरेका थिए भने यसबीचमा उनकै कारण आफ्नै दलको नेतृत्वमा रहेको सरमार ढ*लेपछि अहिले केपी ओली पदमुक्त भइसकेका छन् भने पार्टी

अध्यक्ष यथावत रहेको छ । तर नेता नेपालले भने समयक्रमसँगै पार्टी एकता नहोस् भन्ने आशयका साथ एकपछि अर्को मागहरू राख्दै आएको कुरा सार्बजनिक भएका छन। यस्तै मागहरू राख्ने क्रममा उनले पछिल्लो समय संसदीय दलको नेता बनाए पार्टी एकता हुने बताउन थालेको स्रोतको दाबी छ । माधवकुमार नेपालले अहिले पार्टी एकता गर्ने हो भने आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग पनि राख्नु भएको छ। स्रोतले भन्यो ! संसदीय दलको नेतामा स्वीकारे अन्य कुरामा कन्सिडर गरेर अघि बढ्न सकिने अन्यथा एमालेबाट अलग हुने जवाफ माधव पक्षले ओली पक्षलाई दिएको बताइएको छ । यसबाट नेता नेपाल कुनै पनि हालतमा एमालेमा रहन नचाहेको वा ओली रहेको पार्टीमा सँगै बस्न नसक्ने सङ्केत स्पष्ट पारेको छ ।

एमालेमा हाल केपी शर्मा ओली संसदीय दलका नेता छन् । यसबारे एमालेको दुवै पक्षबीच छलफल हुन भने बाँकी छ । ओली एकताका निम्ति केही लचक भए पनि माधव नेपाललाई संसदीय दलको नेता नै बनाउन तयार हुने अवस्था भने निकै कम रहेको बताएको छ ।

एमाले एकताका लागि अहिले दोस्रो तहका नेताहरू निरन्तर लागिपरेका छन् तर, शीर्ष नेतामा भएको नयाँ*पुराना कुण्ठाका कारण एकता हुने सम्भावना अझै देखिएको अवस्था छैन । एकता प्रक्रियामा रहेको नेता नेपाल समूहले सत्ता गठबन्धनमा पनि आफ्नो सक्रिय संलग्नता देखाइरहेकोले एकतामा खासै प्रगती हुने स्थिति तत्काललाई नदेखिएको बताएका छन ।