काठमाडौं ।
गायक हरिवंश आचार्य र गायिका मेलिना राईको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ छ ।अभिनेता हरिवंश आचार्य र अभिनेत्री करिश्मा मानन्धर २५ वर्षपछि पर्दामा एक साथ देखिएका छन्।
बिहीबार रिलिज भएको ‘माछीलाई खोलीको लेउ’ बोलको म्युजिक भिडियोमा उनीहरु जोडी बनेर देखिएका हुन्।यसअघि अशोक शर्माले निर्देशन गरेको फिल्म ‘ट्रक ड्राइभर’ मा उनीहरु देखिएका थिए।
तर, जोडी बनेर होइन। यो फिल्ममा करिश्मा अभिनेत्रीको भूमिकामा थिइन् भने हरिवंश ‘भिलेन’को। ‘उहाँको उमेर ढल्क्यो, मेरो पनि उमेर ढल्क्यो तर हिरो हिरोइन भएर खेल्न पाएको थिइनँ।
तर, अहिले गीतमै भए पनि जोडी भएर काम गर्न पाइयो, खुसी छु,’ हरिवंशले यसलाई सुखद अवसरका रुपमा लिएका छन्।भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, पल शाह र केकी अधिकारी फिचर्ड छन् ।
भिडियोमा बालकृष्ण ओली लाइन प्रोड्युसर, बेदनाथ धमला प्रोडक्सन डिजाइनर, अर्जुन ठकुरीको प्रोडक्सन छ ।विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलाल र भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र रेनिस फागोको कलरिङ छ ।