पदमुक्त चार पूर्वसांसदको रिटमाथि आज सुनुवाइ, पुर्नवहाली होलान् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ साउन ।

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेपछि पदमुक्त भएका चार पुर्वसांसदको रिटमाथि आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदैछ ।

माओवादी त्यागेर एमाले ओली पक्षमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुर्नवहालीको माग गर्दै रिट दर्ता गरेका थिए । उक्त रिटमाथि आज कार्कीको इजलासमा पेसी तोकिएको हो ।

चारै जनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सपथग्रहण लिएका हुन् ।

साथै, योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका थिए । उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो ।