काठमाडौं, १३ साउन ।
नेकपा एमालेका नेता रामप्रसाद रिजालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले त्याग गर्दै आफू पदको लागि नभई विधिः पद्धतिको लागि लडिरहेको बताएका छन । नेता नेपालले वरिष्ठ नेता झलनाथ खनाललाई वा आफ्नो पक्षका अन्य दोस्रो तहका नेतालाई अध्यक्ष बनाउने प्रयास गरेकोले आफू पदको लागि नभई विधिः पद्धतिको लागि लडिरहेको स्पष्ट भएको नेता रिजालले बताएका हुन ।
नेता रिजालले भने, ‘नेता नेपाललाई कार्यकारिणी अध्यक्ष नबनाई एमाले पार्टी एकताबद्ध र बलियो हुन सक्दैन यो भनाई सारा एमालेका कार्यकर्ता र नेपाली जनताको भावना हो ।’ पार्टी एकताको नाममा माधव नेपाललाई भूमिका बिहिन बनाउने कुरा आफूहरूलाई मान्य नहुने नेता रिजालले बताए ।
नेता नेपालले संविधान संसद र समग्र रूपमा संघीय लोकतांत्रिक व्यवस्था बचाएर ओलीको प्रतिमानलाई परास्त गरेको, ओलीले ७ वर्ष अध्यक्ष चलाईसकेकोले ओलीलाई बिदा गरेर नेता नेपाललाई अधिकार सम्पन्न एकल अध्यक्ष बनाउनु पर्नेमा नेता रिजालले जनाए । कम्युनिस्ट आन्दोलनलाई जोगाउन नेता नेपाललाई नेतृत्व दिनुपर्नेमा नेता रिजालले जोड दिए ।
उनले भने, ‘ओलीको सत्तामोह तानशाही प्रवृतिले गर्दा आज नेकपा पार्टी धुजा धुजा भएकोले ओलीलाई घरमै आराम गराएर कम्युनिस्ट पार्टीलाई बचाउन नेता रिजालले सिङ्गो एमाले पार्टीलाई अपील समेत गरेका छन ।’ कार्यदलले बुझाएको १० बुंदे सहमति पत्र अपूर्व भएकोले वरिष्ठ नेता नेपालको सहमतिमा यसलाई सच्चाउनुपर्ने नेता रिजालले बताए ।