माधव नेपालले भनेः पार्टी एकताको कुरा चलिरहन्छ, सरकारमा सहभागी हुन्छौँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको कुरा चलिरहेको भएपनि सरकारमा सहभागी हुने बताएका छन् । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको भेटमा पार्टी एकताको कुरा चलिरहेको भएपनि सरकारमा सहभागी हुने बताएका हुन् ।

एमाले वरिष्ठ नेता नेपालले पाँच दलीय गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मंगलबार बिहान भएको भेटमा नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकका क्रममा बोल्दै नेता नेपालले सरकारमा सहभागी हुने बताएको जानकारी दिएका छन् । उनले बैठकमा नेता नेपालको भागमा एकजना प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए । ‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ’, बैठकमा बोल्दै दाहालले भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ । सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ ।