के तपाईँलाई धुम्रपानको लतले सताएको छ ? यी हुन् धुम्रपान छुटाउने आधुनिक तरिका

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

कुलतले मानिसको स्वास्थ्यलाई गम्भीर असर पुर्याउने गर्दछ । धुम्रपानले त झन् फोक्सोका क्यान्सर गराएर अकालमै ज्यान लिने खतरा हुन्छ ।

यसले असर गर्छ भन्ने जानकारी हुँदा हुँदै पनि मानिसहरुले धुम्रपान गरिरहेका हुन्छन । यसको बेफाइदाको बारेमा जानकार भएर पनि धेरै मानिसहरु यसबाट टाढा हुन खोज्दा खोज्दै पनि सकिरहेका हुँदैनन् । आफूलाई यस्तै समस्यामा पारिरहनु भएको भएको छ भने आज हामी तपाईँलाई प्राकृतिक तरिकाबाट धुम्रपानको छुटाउने उपायहरु पस्कँदै छौँ ।

१) बिस्तारै कम गर्नुहोस्ः यदि दिनमा १० देखि १२ वटा चुरोट पिउनुहुन्छ भने यसलाई दिनप्रतिदिन घटाउँदै लानुहोस् । आफू धुम्रपानबाट जसरी पनि टाढा बस्छु भन्ने सोच्दै हुनुहुन्छ भने बिस्तारै घटाउँदै लाने गर्नुभयो भने यसलाई तपाईंले चटक्कै छोड्न सक्नुहुन्छ ।

२) धुवाँबाट टाढा रहुनहोस्ः यदि तपाईं धुम्रपानबाट टाढा बस्न चाहनुहुन्छ भने निकोटिनको स्वाद र यसको गन्धबाट टाढा बस्नुपर्ने हुन्छ । यसका लागि तपाईंले बेकिङ सोडाको प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंको कुनै पनि फर्निचरबाट चुरोटको गन्ध हटाउने काम गर्दछ ।

३) आफ्नो मुखलाई व्यस्त राख्नुहोस्ः जतिबेला तपाईंलाई चुरोट पिउन मनलाग्छ, त्यतिबेला मखमा चुइङगम खानुहोस् । यसका साथसाथै तपाईंले ललिपप र टुथ पिकको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

४) पहिला जाने ठाउँमा जान बन्द गर्नुहोस्ः जब तपाईं धुम्रपान छोड्ने सोच्दै हुनुहुन्छ भने त्यसका लागि सबैभन्दा पहिले तपाईं धुम्रपानका लागि पहिला जाने ठाउँमा जान बन्द गर्नुपर्छ र ती साथीहरुलाई भेट्न पनि बन्द गर्नुपर्ने हुन्छ जो धुम्रपानको अम्मली छन् ।

५) संगीत सुन्नुहोस्ः आफूलाई मनपर्ने संगीत सुन्नुहोस् । यसले तपाईंको दिमागलाई आराम दिने गर्दछ । ६) स्वच्छ हावाः आफ्नो घरलाई चुरोटको धुवाँबाट मुक्त गर्नुहोस् । कोठाको झ्यालहरु धेरैजसो खुल्ला राख्नुहोस् ता कि तपाईंको कोठामा स्वच्छ हावा आवतजावत होस् ।

७) आफ्नो दिनचर्यालाई परिवर्तन गर्नुहोस्ः यदि तपाईं बिहान चियासँग चुरोट खाने गर्नुहुन्थ्यो भने त्यतिबेला केहि अरु नै काम गर्नुहोस् । ८) धुम्रपानलाई याद दिलाउने सामानहरु फ्याँकिदिनुहोस्ः धुम्रपान त्याग्ने सोच्दै हुनुहुन्छ भने सबैभन्दा पहिले लाइटर, एसट्रे, सिगरेट होल्डर, सलाइहरु फ्याकिँदिनुहोस् ।

९) खाली समयमा सिगरेट नपिउनुहोस्ः कामको बीचमा हुने खाली समयमा चुरोट नपिउनुहोस् जस्तै कम्प्युटरमा केहि गेम खेल्नुहोस् । यदि अफिसमा गेम खेल्न मनाही छ भने फोनमा साथीहरुसँग कुराकानी गर्नुहोस् अथवा कुनै फल खानुहोस् ।