पदमुक्त हुँदै शंकर पोखरेल, नयाँ मुख्यमन्त्रीको नामै तोकियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ साउन ।

लुम्बिनी प्रदेश सरकारले संसदबाट विश्वासको मत लिने भएको छ । सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताए हुन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए । मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए ।

जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् । जसमध्ये एमालेका ४० जना, माओवादीबाट २१ जना, कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् ।

सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । एमालेभित्र नेपाल पक्षभन्दा अध्यक्ष ओली पक्षका सांसद धेरै छन् । नेपाल पक्षका नेता विष्णु पन्थीका अनुसार नेपाल पक्षमा १५ जनाको हाराहारीमा सांसदहरू छन् । जसपाको आधिकारिकता यादव पक्षले पाएपछि सोतह सरकार अल्पमतमा परिसकेको । यदी जसपाले सांसदहरुले फ्लोर क्रस गरेपनि एमाले माधव नेपाल पक्षका सांसदले विश्वासको मत नदिने उनको भनाई छ ।