ओली ग्याङमा प्रचण्डको आलोचना गर्ने विषय नपाएपछि छटपटी, अस्वस्थ सितालाई समेत छोडेनन्

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् माओवादी आन्दोलनको धरोहर सिता दाहालको स्वास्थ्य निकै जटिल हुँदै गएको छ । अनौठो रोगले सताएर थलिएकी दाहाललाई पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुले समय मिलाएर भेटघाट गरिरहेका छन् ।

त्यही भेटघाट एमाले नेताहरुका लागि अशैय घटपटी भएको छ । नेताहरुले सिता दाहाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेको विषयलाई लिएर नेकपा एमालेका नेताहरुले आलोचना गर्न थालेका छन् । आफू भेट्न गएर स्वास्थ्य लाभको कामना गर्नुको साँटो एमाले नेताहरु अरुले भेटेको विषयमा पनि आलोचना गरेर सामान्य मानविय संवेदनशिलता पनि भुल्न थालेका छन् ।

केही दिन अघि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । सोमबार मात्रै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाट गरेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

त्यही भेटलाई लिएर नेकपा एमाले (ओली) गुटका नेता सुर्य थापाले भेटघाटको विषयलाई लिएर आलोचना गरेका हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार समेत रहेका थापाले सामाजिक संजाल ट्वीटरमा उक्त भेटलाई ‘सत्ताधारी चाला’को संज्ञा दिएका छन् ।

‘सत्ताधारी चाला ! स्वास्थ्यलाभको कामना गर्नु मानवीय पक्ष हो। मानवीय व्यवहार विपक्षमा रहँदा एकखालको र कृपाले सरकारमा पुग्दा अर्कोखालको हुँदैन।’ सितासँगको भेटघाटको विषयलाई लिएर ट्वीटरमा लेखेका छन्, ‘२०७४ फागुन ३ यता नै सीता दाहाल त विरामी हुनुहुन्थ्यो, होइन र ? शेबदे र राचपौका यी धनुष्टंकारको बारेमा अरू केही टिप्पणी गर्नु छैन।’ https://motivatenews.com/ बाट साभार गरिएको हो ।