साउन १२ गते मङ्गलवारको राशिफल हेर्नुहोस ॐ लेखि एक सेयर गर्नुहोस र हेर्नुहोस् दैनिक राशिफल !

हाम्रो सन्देश संवाददाता

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
घरमा सुख-शान्तिमय वातावरण रहनेछ। तपाईं जुनसुकै काममा ख्याती पाउनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग आननादम्य समय बित्नेछ। कार्यक्षेत्रमा लाबह मिल्ने सम्भावना छ। निम्न सहकर्मीहरूबाट लाभ मिल्नेछ। शत्रु पराजित हुनेछन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शारीरिक तथा मानसिक प्रशन्नता रहनेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। शुभ समाचार प्राप्त हुनेछ। साथी र प्रियजनहरूबाट उपहार पाउँदा खुसी महसुस गर्नुहुनेछ। रमणीय यात्राको योग बन्ने सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिवारका सदस्यहरुसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। क्रोधमा संयम राख्नुहोला। स्वास्थ्य बिग्रन सक्छ। दुर्घटनाको योग रहेकोले यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अधिक पैसा खर्च हुनाले आर्थिक पक्ष कमजोर रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
धार्मिक यात्राको सम्भावना छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ कार्य आरम्भ गर्नको लागि दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। पूँजी निवेश गर्नको लागि पनि दिन अत्यन्त शुभ छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। आफन्तसँग मदभेदको स्थिति सिर्जना हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ। मनमा नकारात्मक विचार उत्पन्न हुनेछ। यस दिन स्त्री वर्ग र पानीसँग सावधान रहनुहोस्। कार्यक्षेत्रमा पनि परिस्थिति अनुकूल नरहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। अनावश्यक खर्च बढ्नेछ। वाणीमा संयम राख्नुहोला। पारिवारिक वातावातन सुख-शान्तिमय रहनेछ। मनमा नकारात्मक सोच उत्पन्न हुनसक्छ। धार्मिक कार्यमा खर्च हुनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
खानपानमा विशेष धन दिन जरूरी देखिन्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। अनैतिक कामले विपत्ती निम्त्याउन सक्छ। लेखन तथा सहित्य क्षेत्रमा मन लाग्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवादको स्थिति सिर्जना हुनसक्छ। व्यापारमा लाभ मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यापार बिस्तार हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। कार्य सफलता प्राप्त गर्नमा ढिलाइ हुनसक्छ। मध्यान्हपछि व्यवसायमैत्री वातावरण सिर्जना हुनेछ। पदोन्नतीको योग रहेको छ। बुबा तथा अग्रजबाट लाभको आशा गर्न सकिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
वाणी तथा क्रोधमा संयम राख्नुहोस्। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। शत्रु तथा प्रतिस्पर्धीको इच्छा सफल हुनेछैन। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कार्यक्षेत्रमा कार्य सफलताका साथै उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। व्यापार व्यवसायमा बिस्तार हुनेछ। बुबा तथा अग्रजबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने योग रहेको छ। मान-सम्मान तथा पदोन्नती प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यापारिक संचालनमा सहकारी हस्तक्षेप बढ्नेछ। खर्च सामान्य भन्दा बढी हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा संलग्नता बढ्नेछ। स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। आफन्तहरु बीच मतभेद हुनसक्छ। तपाईंले अधिक मेहनत गरेर मात्र सफलता पाउनुहुनेछ। मानसिक व्याकुलता अनुभव गर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
धार्मिक यात्राको लागि पैसा खर्च हुनेछ। अदालतको काममा सफलता मिल्नेछ। परोपकारी कार्यको पछि पैसा खर्च हुनेछ। तपाईंका प्रत्येक कार्यहरू सजिलैसँग गरिनेछ। पारिवारिक जीवनमा सद्भाव हुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ।