प्रधानन्यायाधीश चोलेन्द्रमाथि लाग्यो यस्तो गम्भीर आरोप, प्रमाणित भए के होला ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ साउन ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गम्भीर आरोप लगाएका छन् । अदालतमा विदेशी शक्तिको हस्तक्षेप भएकै कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँने परमादेश जारी गरेको ठोकुवा गरेका हुन् ।

संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ ।

ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा अध्यक्ष विजुक्छेले अदालतले आफ्नो गरिमा कायम राख्न नसकेको बताउँदै देउवालाई प्रधानमन्त्री तोक्ने गरि गरेको फैसला प्रति चरम असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपतिलाई आदेश दिने न्यायाधिश को हो ? भन्दै चर्को रुपमा प्रस्तुत भएका विजुक्छेले यसो गर र त्यसो गर भनेर राष्ट्र प्रमुखलाई आदेश दिने अधिकार न्यायाधिशलाई नभएको जिकिर गरे ।

न्यायाधिशले राष्ट्रपतीलाई आदेश दिने भनेको हाम्रो सार्वभौमिकता माथिको हमला हो विजुक्छेले भनेका छन् । अदालतले गरेको सबै फैसलाई स्विकार गर्नु पर्ने कुनै बाध्यता नरहको उनले बताए ।

अदालतले संविधान भन्दा माथी रहेर जसरी फैसला गरेको छ त्यसलाई राष्ट्रपतीले कार्यान्वयन नगरी फिर्ता पठाउँनु पर्दथ्यो उनले भने । प्रधानन्यायाधिश चालेन्द्र शमशेर राणा राणा परिवारको मान्छे भएका कारण कतै राणाकै मान्छेलाई प्रधानमन्त्री बनाउँन त यसो गरिएको होइन भन्ने चर्चा चलको छ हामीलाई पनि शंका छ उनले भने ।

दलको ह्विप नलाग्ने जसले जसलाई मत दिए पनी हुने त्यस गरे वापत कुनै कारवाही गर्न नमिल्ने यस्तो पनि हुन्छ ? जसले जे गरे पनि हुने भए दलिय व्यवस्था किन हुन पर्यो ,यो त अती नै भयो आफ्नो स्वास्नी अथवा लोग्ने आफ्नै अगाडी अर्को सँग टाँसीन गयो भने के हुन्छ ? हो अहिले दल नहेरी जता भोट हाले पनि हुन्छ भनको त्यस्तै हो मिल्छ त्यस्तो ? उनले भने ।

संसदीय राजनितीमा सबैभन्दा बदनाम पात्र शेरबहादुर देउवालाई संविधानको धाराको गलत व्याख्या गरेर प्रधानमन्त्री बनाइएको भन्दै विजुक्छले आक्रोस व्यक्त गरे ।

विजुक्छेले फैसलाका क्रममा अदालतले प्रयोग गरेको भाषा प्रति पनि असन्तुष्टि जनाएका छन् । गणतन्त्र आउँदा पनि अदालतको भाषा परिवर्तन नभएको भन्दै उनले राष्ट्रपतीलाई यस्तो गर उस्तो गर भनेर आदेश दिने हो ? न्यायाधिशहरुलाई पनि जनताले न्याय गरि पाउँ भनेर लेख्दैनन् न्याय गरिदेउ भनेर लेख्छ अब भन्दै विजुक्छेले टिप्पणी गरे ।

राष्ट्रपतीले मलाई प्रधानमन्त्री नियुक्त गरेन भनेर अदालत जाने नजिरले भोली कस्तो प्रभाव पार्छ ? भन्दै अध्यक्ष विजुक्छेले देउवा प्रधानमन्त्री बने पछि राष्ट्रपतीले बधाई नदिएको कुरा पनि एकदम ठिक भएको बताए ।

अदालतको फैसला बाट प्रधानमन्त्री बन्ने सपथ खाने बेलामा मुन्टो अर्को पट्टी बटार्ने अनी राष्ट्रपतीले किन बधाई दिने ? उनले भने । अनुशासन सबैभन्दा महत्वपूर्ण कुरा हो राजनिती होस की जुनसुकै ठाउँमा पनि तर अदालतले त अनुशासन हिन कामको लागी प्रयस दिएको छ, पार्टी ह्विल लगाउँन नपाउँने भनकै अराजकता निम्त्याउँनु हो । विजुक्छेले भने ।

ओटीभी नेपाल सँगको कुराकानीकै क्रममा अध्यक्ष विजुक्छेले अमेरिकामा कर्मचारीहरुलाई राष्ट्रपतिको उमेदवारनै बन्न नपाउँने व्यवस्था गरेको कुरा स्मरण गरे ।

कर्मचारीको चाप्लुसी गरेको बानी फेरी प्रधानमन्त्री बनेपछि पनि आफु भन्दा सानो तहको मान्छेसँग पनि निहुरीहाल्ला बनेर त्यहाँ कर्मचारीालाई राष्ट्रपती बन्न दिँदैनन् , केटीलाई आँखा लगाउँला भनेर अविवाहितलाई पनि दिँदैनन् हाम्रोमा पनि रक्सी खान्छ की खाँदैन भनेर रुल बनाउँनु पर्यो, यहाँ त रक्सी नखाई त नेतै बन्दैन । रक्सी नखाने यस्तो पनि नेता हुन्छ भनेर भन्छन् , जसले रातको २ बजे सम्म टन्न रक्सी पिएर गफ दिन सक्छ उही प्रधानमन्त्री छ विजुक्छेले भने ।