काठमाडौं, १० साउन ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) बिरुद्ध हाम्रो नेपाल हामी नेपाली अभियानले राजधानीको माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छ । सभामुख अग्नी प्रसाद साप्कोटालाई ज्ञापन पत्र बुझाए पछि माईतिघर पुगेर राष्ट्रघाती सम्झौता कार्यान्यवन नगर्न चेतावनी दिएका छन् । सम्झौताको बिरोधमा अभियानले ६८ जिल्ला तथा ३४ देश बाट ७८ लाख हस्ताक्षर संकलन गरि मानव अधिकार आयोग मार्फत सरकारलाई बुझाएको थियो ।
देउवा सरकार बने पछि एमसिसि पास हुने चर्चा चले पछि अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वमा आज माईतिघर मण्डलामा बिरोध प्रदर्शन भएको हो । मण्डलाको निषेधित स्थान भित्रै पसेर नारावाजी गरे पछि प्रहरीले बल प्रयोग गरि अभियन्ताहरुलाई साईडको ट्रायकमा लगेको थियो ।
बिरोध प्रर्दशनका क्रममा प्रहरी र अभियन्ताहरु बिच ठेला ठेलको अवस्था सृजना भएको थियो । अभियानले एनसेल लगायत ठुला करदाताहरुबाट कर उठाउने हो भने एमसिसि भन्दा ठुलो रकम नेपालमै भएको भन्दै बिरोध हुँदै आएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानले एमसिसि खारेज नभए सम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।