धादिङ गजुरीका दुबै मृगौला पिडित तामाङले गरे सहयोगको अपिल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० साउन ।

धादिङ गजुरी गाउँपालिका वडा नम्बर ५ का मृगौला पिडित दिप बहादुर तामाङले सहयोगको याचना गरेका छन् । धादिङ गजुरीका २२ वर्षिय तामाङका दुबै मृगौलाले काम गर्न छाडेपछि राजधानी काठमांडौ स्थित त्रि.वि शिक्षण अस्पत्तालमा उपचाररत छन् ।

उपचारका लागि धेरै रकम लाग्ने भएसँगै उनको आर्थिक अवस्था दयानीय भएकोले उनले सहयोगका लागी अपिल गरेका हुन् । उनलाई मृगौला दिन उनका बुवा र आमा तयार भए पनि प्रत्यारोपण का लागि आर्थिक आवश्यक भएकोले उक्त रकम जुटाउन नसक्दा मृगौला प्रत्यारोपण हुन नसके परिवारले बताएका छन।

आम्दानीको अन्य श्रोत नभएका उनको काठमाडौंमा महंगोमा उपचार गर्नु पर्ने भएकोले विभिन्न व्यासायिक संस्था, कार्यालय तथा क्लवसँग सहयोगको अपेक्षा गरेको तामाङका बुबा आमाले हाम्रो सन्देश लाई जानकारी दिए ।

परिवारको आर्थिक अबस्था समेत कम्जोर भएकाले खेति किसानी गर्दै परिवार चलाउँदै आएका छन् ।

प्रार्थी:
दिप बहादुर तामाङ
फोन नम्बर, ९८०३०२४२३५
नोट:-
यदि तपाईहरुले सहयोग गर्न चहानु हुन्छ भने सिधै पीडित दिप बहादुर तामाङको A/C #.0105751230229001 मा डिपोजित गर्न र गराउन पनि सक्नु हुनेछ । यधपी सहयोग संकलन गर्न तपाईंहरुलाई कानुनी कागज पत्रको आवस्यकता पर्न सक्छ । कृपया आवस्यक परेमा मलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दछु ।