साता पहिलो दिन सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० साउन ।

आज साताका पहिलो दिन बहुमूल्य धातु सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार तथा तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार भने छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज सुनको मूल्य सामान्य अंकले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी,आज चाँदीको भाउ प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सूर्या लाइफले शाखा प्रमुखहरु नयाँ भर्ना गर्ने, कति चाहिन्छ योग्यता ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च इन्चार्चको लागि केहि सख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सूचना सार्वजनिक गर्दै जुनसुकै बिषयमा पनि स्नातकोत्तर उत्तिर्ण तथा मार्केटिङ क्षेत्रमा काम गर्ने रुची भएको इच्छुक व्यक्तिले आवेदन दिनसक्ने जनाएको छ ।

कम्पनीले आफ्ना शाखा तथा उपशाखाका लागि कर्मचारी चाहेको हुदा इच्छुक योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको १० दिन भित्र (साउन १९ गते) कम्पनीको इमेलमा आवेदन दिनसक्ने सो कम्पनीले आज प्रकाशन गरेको सूचनामा जनाइएको छ ।