काठमाडौं, ९ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका सबै सांसदले मन्त्री पद मागेपछि आफु तनावमा रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अवसरमा शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो पार्टीका ४९ जना सांसदले नै मन्त्री पद चाहियो भनेपछि आफु तवानमा रहेको बताएका हुन् ।
‘सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने भनेको बढीमा ७ मन्त्रालय हो । । सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो । ४, ५ दिनदेखि मानसिक तनावमा छु म,’ उनले भने ।
मन्त्री नबनाए सरापेर हिड्ने बताउँदै उनले भने, ‘मन्त्री बनाएन भने सरापेर हिँड्छन् । मन्त्री हुन नपाएपछि नेतृत्व बदमास भन्छन् । मन्त्री बनन दवाद दिनेहरुको हुलबाट फुत्किएर आएको छु । कसलाई बनाउने, कसलाई नबनाउने ?।