लक्ष्मी इक्विटी फन्डको ३५ प्रतिशत लाभांश ?कहिले सम्म किने पाईन्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ साउन ।

लक्ष्मी इक्विटी फण्डको बुकक्लोजको मिति तय गरेको छ । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धधित लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापमक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको हो ।लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन १५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साउन ७ गते सम्पन्न क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को लागि योजनाका इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो ।