आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने सूचिसहित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ साउन ।

आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् ।

सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ करोड ८३ लाख ९० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डका सूचना अधिकारी रुपेश केसीले बताए ।

‘गत आर्थिक वर्षमै अनुमति पाएका पाँच कम्पनी आईपीओ जारी गर्ने क्रममा छन् । बाँकी १५ कम्पनीको आईपीओ जारी गर्ने मागबारे बोर्डले अध्ययन गरिरहेको छ,’ सूचना अधिकारी केसीले भने । प्रक्रिया पुगेका कम्पनीलाई क्रमैसँग आईपीओ जारीको अनुमति हुने पनि उनले बताए ।

यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी

धितोपत्र बोर्डले गत आर्थिक वर्षमै आईपीओ जारी गर्नका लागि अनुमति जारी गरेको पाँच कम्पनीको आईपीओ छिट्टै बिक्रीमा आउँदै छ । पाँच कम्पनीको दुई अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको दुई करोड ३३ लाख ६० हजार ३६ कित्ता आईपीओ एक/दुई महिनाभित्रै बिक्रीमा आउँदैछ ।

जसमा तीन वटा कम्पनी जलविद्युत, एउटा लघुवित्त र एक इन्स्योरेन्स कम्पनी छन् । जसमध्ये मैलुङ खोलको आईपीओ १४ साउनदेखि बिक्रीमा आउँदै छ भने अन्यको मिति निश्चित भएको छैन ।

छिट्टै आईपीओ आउने पाँच कम्पनीहरू