काठमाडौमा एक बिहानै भुकम्प, सबै मानिस घर बाहिर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ साउन ।

भक्तपुरको सल्लाघारी भएर भूकम्प गएको छ । आज शुक्रबार बिहान ७ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।

याे भूकम्प पनि बारपाक भूकम्पकै पराकम्प भएकाे बताइएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

आज बिहान ७ बजेर ५ मिनेटमा राजधानीमा भूकम्पको धक्का महसुस गरिएको थियो ।