नेपालमा नपुगेर भारतमा फोहोरी खेल खेल्न शुरू गरेको भन्दै बाबुराम भट्टराईलाई कडा चेतावनी !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ साउन ।

महन्त आदित्यनाथ योगीले बाबुराम भट्टराईलाई आतंककारी र १७ हजार जनताहरुको हत्यारा भनिएको कहिले सुनिएन ? बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई झैं हेपेर बोलेको सोचेको होला ? राजा ज्ञानेन्द्रले बाबुराम भट्टराईको बुद्धि र हैसियत नै दुई कौडीको छ यसको पछि के लाग्नु भन्ने मनसायले सामन्य रूपमा लिन्छन तर बाबुराम भट्टराईले महन्त आदित्यनाथ योगी जी को स्वतन्त्रता माथी जिस्काउने र चिढाउने काम नगरेको बेस हुनेछ जस्तो मलाई लाग्छ ।

बाबुराम भट्टराईले आफुलाई राष्ट्रघातीको रूपमा पहिचान गर्न आवश्यक छ भने महन्त आदित्यनाथ योगी जी देशभक्त नेता हुन । बाबुराम भट्टराईले नेपाली जनताहरुलाई संघीयता, जातीयता, छुवाछूत र धर्मको नाममा उचाले झैं भारतका नागरिकहरुलाई धर्मको नाममा महन्त आदित्यनाथ योगी विरुद्ध उचाल्न र भडकाउन खोजेको हो । बाबुराम भट्टराईलाई नेपालमा फोहोरी राजनीतिक खेल खेल्न नपुगेर अब भारतमा फोहोरी खेल खेल्न शुरूवात गरेको हो ।

महन्त आदित्यनाथ योगीले चाहने हो भने एक सेकेन्ड मा नेपालको सत्ता उलट पलट, व्यवस्था परिवर्तन र नेपालको पद्धति नै फेरबदल गराई दिन सक्छन । नेपालमा महन्त आदित्यनाथ योगी जी का लाखौं समर्थकहरु छन । प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा पनि महन्त आदित्यनाथ योगी शक्तिशाली छन ।