‘नयाँ सरकारबाट जनतामा आशा र भरोसा छैन’- कमल थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनुभएको छ ।

शान्ति, स्थिरता र समृद्धिले जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताउनुभयो । बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गर्नुभयो ।

कांग्रेस, कम्युनिष्टबिच बैचारिक, चरित्रगत, नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस कम्युनिष्टको विकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गर्नुभयो । आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस, कम्युनिष्टकै बैचारिक लाइनमा हिडेकोले मुकुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको बताउनुयो ।