वैदेशिक रोजगारमा गएका यी दुई अस्ताए

हाम्रो सन्देश संवाददाता

कुर्दिस्तान, ६ साउन ।

कोभिड–१९ को संक्रमणबाट इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकका फुर्बा तामाङको कोभिड संक्रमणपछि उपाचारकै क्रममा पुरानो तवाडी हस्पिटलमा बुधवार विहान मृत्यु भएको हो।

मृतकको पार्थिव शरिरलाई अहिले स्थानीय शवगृहमा राखिएको छ।

इद पर्वपछि मात्रै शवलाई व्यवस्थापन गर्न प्रक्रिया अघि बढाइने कुर्दिस्तानस्थित नेपाली समाजसेवी बिनोद श्रेष्ठले प्रवास खबरलाई जानकारी दिए।

त्यस्तै कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। घरेलु महिलाको रुपमा कार्यरत ती महिलाले आफू बस्ने कोठामा रहेको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

प्रहरीलाई उदृध गर्दै स्थानीय मिडियाले जनाएअनुसार ती महिलाले साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमो आत्महत्या गरेकी हुन्।

उनका मालिक लेवनानी नागरिक भएको बताइएको छ । प्रहरीलाई घरमालिकले नै खबर गरेका थिए।