काठमाडौं, ६ साउन ।
मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ ।
केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो सेयर अनलाइन सफ्ट्वेयरमा सेयर मौज्दात भएको अवधि गणना गर्न नयाँ फिचर थप गरेको हो ।
चालु आर्थिक वर्षको बजेट मार्फत १ वर्षभन्दा बढी समय होल्ड गर्नेका लागि ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने र सो अवधिभन्दा कम समय होल्ड गर्नेलाई ७ दशमलव ५ प्रतिशत कर निर्धारण गरिएको छ ।
सेयर लगानीकर्ताले कुन सेयर कति समय होल्ड गरेर बिक्री गरेको हो भन्ने विवरण यकिन गरी पुँजीगत लाभकर गणना गर्न यस्तो सुबिधा थप गरिएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । आइतबार बेलुकी ७ बजेबाट प्रयोगमा आएको उक्त फिचर सोमबारबाटै प्रयोगमा आइसकेको छ ।