ह्वात्तै घट्यो आज सुनको मुल्य, तोलाको कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ साउन ।

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाले घटेको छ ।

शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलामा ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।