प्रचण्ड र देउवाले साझा सरकार चलाउदै

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ५ श्रावण ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सत्ता गठबन्धनको साझा राजनीतिक कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

गठबन्धनमा आवद्ध एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।

संसदको स्थायित्व र समृद्धिको साझा उद्देश्यसहित गठबन्धन निर्माण भएकाले साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गरौँ । यसले राजनीतिलाई गति पनि दिन्छ र जनतामा उत्साह पनि ल्याउँछ, देउवालाई प्रचण्डको प्रस्ताव थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रचण्डको प्रस्तावमा सकरात्मक नदेखिएका प्रधानमन्त्रीले यस प्रस्तावमा भने सकरात्मक संकेत दिएका छन् । उनले यस विषयमा छलफलका लागि छिट्टै बैठक राख्ने जवाफ प्रचण्डलाई दिएका छन् ।

३ असारमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले सबै पक्षको भावना समेट्दै सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।