विश्वासको मत लिन लागेका देउवाका बारेमा ज्योतिषले आजै गरे फेरी यस्तो अर्को भविष्यवाणी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ साउन ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेशचन्द्र रिजालले फेरी आइतवार अचम्मको भविष्यवाणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा देउवाको आजको दिन निकै शुभ रहेको भविष्यवाणी गरेका छन् ।

देउवाले आइतवार नै संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रपतिवाट प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र संसदवाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार उनले आइतवार नै विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् ।

उनले फेसवुकमा लेखेका छन्, सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएको छ । शक्तिको उपाशना गर्दै शक्तिशाली अवस्थामै रहदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट

सुरुभएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहकोबार आईतवार र तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजको दिन विशेष कार्य शिद्धिको योग परेको छ । नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अन्तर्गत प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने तयारी थालेका छन् ।