चर्चित हास्यकलाकार पल्पसा डंगोल टिचिङ अस्पताल भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ साउन ।

मेरी बास्सै’ टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डंगोल यति बेला अस्पताल’मा उपचार गरिरहेकि छिन । कलाकार दिपाश्री निरौलाले आफ्नो फेसबुकमा पोस्ट गर्दै जानकारी दिएकि छिन्।

किड्नी मा समस्या आएर टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा पल्पसा डंगोललाई भर्ना गरिएको जानकारी दिएकि छिन्। त्यस्तै सबै मिलेर स्वास्थ्य लाभको कामना गर्न सबैलाइ अनुरोध पनि गरेकि छिन।

केहि दिन अगाडी आफ्नो स्वरमा नयाँ गीत ‘काली काली दिलवाली…’ बजारमा ल्याएकी थिइन्।

दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी थिइन्। उनले यो गीतमा आफूले यात्रा गर्दाका दृश्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन्।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन्। जसमा रविन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ। भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानलबाट रिलिज गरेकी छिन्। भिडियोलाई पवन डँगोलले खिचेका हुन्।

गीतमा अशोक राईको संगीत रहेको छ। गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ। उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले संयुक्त रुपमा लेखेका हुन्।