कतारमा बसेका नेपालीहरुलाई कतारस्थित नेपाली दूतावासबाट जरुरि सुचना

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

ईस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–अल–अदा संयमित भएर मनाउन नेपालीहरुलाई कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ । कतारमा कार्यरत नेपाली कामदारलाई ईद इस्लाम धर्मावलम्बीको पवित्र चाड भएको स्मरण गराउँदै दूतावासले कतारको धर्म, संस्कृति, परम्परा र मान्यताविपरित कुनै पनि कार्य नगर्न आग्रह गरेको हो ।

दूतावासले विशेषत जाँड रक्सी जस्ता निषेधित पेय पदार्थतर्फ लक्षित गर्दै यसको बेचबिखन र सार्वजनिक स्थलमा उपभोग गर्न–नगराउन अनुरोध गरेको छ । कतारले इदको उपलक्ष्यमा श्रमिकलाई तीन दिनको बिदा दिएको छ ।

मलेसियामा अवैधानिक रुपमा बसेकाहरु यी मितिभित्र स्वदेश फर्किनुपर्ने

मलेसियाले अवैधरुपमा आफ्नो मुलुकमा रहेका विदेशी कामदारलाई घर फर्किनका लागि यस वर्षको अन्त्यसम्मको समय दिएको छ । मलेसियामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, भियतनाम, भारत र म्यानमार लगायत विभिन्न देशका अवैध कामदार ठूलो संख्यामार रहेको अनुमान छ । कोरोना भाइरस संक्रमणको बीचमा मलेसियाको प्रहरीले छापा मार्दा अवैधरुपमा बसेका कामदारहरु ठूलो संख्यामा रहेको भेटिएको मलेसियाका सञ्चारमाध्यमहरुले बताएका छन् ।

मलेसिया यसअघि जुन महिनाको अन्त्यसम्मको स्वदेश फर्किने वा वैधानिक भई बस्ने समय दिएको थियो । तर मलेसिया सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा लिन कडा खालको आवागमन नियन्त्रण आदेश लागू गर्दा अवैधानिक कामदार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन नपाएको अवस्थामा रिक्यालिब्रेसन भनिने रिहाईरिङ र घरफिर्ती कार्यक्रमको अवधि थप गरी डिसेम्बर २०२१ को अन्त्यसम्म पुर्‍याएको हो ।

रिहाईरिङ र घरफिर्ती कार्यक्रममा २ लाख बढीले मलेसियामा नै वैधानिक भएर काम गर्न चाहेको र एक लाख बराबर कामदार भने स्वदेश फर्किन चाहेको बताइएको छ ।