काठमाडौँ ।
अहिले समय परिवेश फेरिएको छ। साउँन लाग्ने बित्तिकै र कहिलेकाँहि त्यो भन्दा अगाडि नै तीजका गीतहरु बजारमा आउन थालेका छन्। गीतको शब्द र प्रस्तुतिको शैली पनि फरक भएका छन्। अहिले व्यापारिक हिसाबमा गीत बन्ने भएकोले यसलाई कसरी सबैभन्दा धेरै हेराउने भन्ने बारेमा सर्जकको ध्यान केन्द्रित भएको पाइन्छ।
त्यसका लागि राम्रो नाच्ने मोडलहरु छनौट गर्ने, राम्रो लोकेशन, मेकअप गर्ने गरिन्छ। भनिन्छ, हरेक वर्ष तीजको अवसरमा ३ करोड भन्दा बढी गीतमा लगानी हुन्छन्। गीतहरु केही उछृङ्खल भएको पनि बेलाबेलामा गुनासो पनि आइरहन्छ, तर पनि हरेक वर्ष तिज गीत भने आउँन सकेका छोडेका छैनन्।
यतीबेला एक पछि अर्काे गीत बजारमा आउनेक्रम जारी छन् । हाल : गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ ।
यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द स.गीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=KxS-Xqv6Z2o&t=65s