पूर्व माओवादीसँग छलफल गर्दै विप्लव, भेटे बाबुरामलाई

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ साउन ।

नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेट भएको छ ।

पछिल्लो दिनमा गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेतालाई भेटिरहेका विप्लवले आज बाबुरामसँग भेट गरेका हुन ।

भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका छन् ।

भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

विप्लवले बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग संयुक्त छलफल गरेका थिए ।