फेसबुक म्यासेन्जरले ल्यायो नयाँ फिचर, यसरी गर्ने प्रयोग

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ साउन ।

अब फेसबुक म्यासेन्जरमा साउन्ड सहितको इमोजी पठाउन सकिने भएको छ ।फेसबुकले बिहिबार देखि साउन्ड इमोजी सार्वजनिक गर्दै यो नयाँ फिचर ल्याएको हो । यस अघि इमोजी मात्रै रहेकोमा अब फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजी प्रयोग गर्न सकिने भएको हो ।

यो सँगै अब प्रयोगकर्ताले म्यासेन्जरमा सबैलाई साउण्डयुक्त इमोजी पठाउन पाउने भएका छन । हाल प्रयोग भइरहेको इमोजी सहित साउन्डमा पनि सुन्न सकिने छ । जसमा हाहा,ताली,धुन,अचम्म लगाएतका सबै इमोजिमा साउन राखिएको छ ।

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले म्यासेज लेख्ने साइडमा देखिने इमोजीमा क्लिक गर्नुपर्ने छ । त्यहाँ साउन्ड आइकलमा थिचेपछि त्यहा विभिन्न साउन्ड सहितको इमोजी देख्न सकिन्छ ।

हाल त्यो इमाजी ११ ओटा मात्रै उपलब्ध भएपनि अन्य साउन्ड सहितको इमोजी छिटै आउने फेसवुकले जनाएको छ ।