कोभिड संक्रमणबाट अफ्रिकामा एक नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

युगान्डा, १ साउन ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अफ्रिकी मुलुक युगाण्डामा एक नेपालीको मृत्यु भएको छ।

युगान्डाको कम्पलामा तनुहुँका ४७ वर्षीय हिराबहादुर खडकीको संक्रमणका कारण ज्यान गएको हो । कोभिड संक्रमणपछि उपाचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो।

हिराबहादुर कोभिड पुष्टि भएसँगै विगत एक महिनादेखि अस्पतालमा उपचाररत थिए।

कम्पालास्थित एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत हिराबहादुर अफ्रिकामा कोभिडका कारण ज्यान गुमाउने छैटौं नेपाली हुन् ।

एनआरएनए कंगोको अधिवेशन १८ जुलाइमा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) डिआरसी कंगोको अधिवेशन १८ जुलाइमा हुने भएको छ ।

अधिवेशनले आउँदो कार्यकाल २०२१–०२३ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ। अधिवेशन आउँदो आइतबार साढे १२ बजेदेखि नेपाली होटल शिवसागरमा हुने संघले जनाएको छ।

आगामी कार्यकालको लागि उम्मेदारी दिन चाहानेलाई संघले १६ जुलाइसम्म उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ।