काठमाडौँ, १ साउन ।
अब लामो दूरीका सार्वजनिक यातायात पास लिएर काठमाडौं उपत्यकामा प्रवेश गर्न पाउने भएका छन् ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर प्रवेश गर्न पाउने निर्णय गरेको हो ।
यस्तै जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको काठमाडौँ प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ बजेपछि सकिँदैछ ।