काठमाडौं उपत्यकाभित्र साउन १० गतेसम्म थपियो निषेधाज्ञा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ असार ।

कोरोना नियन्त्रणका गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम अझै रहेका कारण निषेधाज्ञा थप गरिएको बताएका छन् ।

साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको उनले जानकारी दिए । मापदण्ड भने पहिलेकै अवस्था रहेको उनले जानकारी दिए ।

हाल सञ्चालन हुँदै आएका पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ।