यूनियन लाइफको प्रिअलोटमेण्ट सम्पन्न, आजै बाँडफाँड गर्ने तयारी, पर्ने सम्भावना कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ असार ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रिअलोटमेण्ट सम्पन्न गरी बोर्डमा स्वीकृतिका लागि पठाएको स्वीकृति आएपछि आज ५ बजेपछि आइपीओ बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५०० सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा २१ लाख ५० हजार ४७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताका लागि आवेदन परेको छ ।