नेपाल निवासमा ३ पार्टीबीच छलफल, जुगलले लेखे यस्तो क्याप्सन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ असार ।

सरकार परिवर्तन भएपछि नेत्र विक्रम चन्द विप्लव राजनीतिक नेताहरुहरुसंगको भेटघाटमा ब्यस्त छन् । उनी ओली सरकारसंग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएका थिए । तर उनका माग भने पुरा भएका छैनन् । जेलमा रहेका उनका कार्यकर्ता अझै छुटेका छैनन् । ओली सरकारसंग भएका सहमति कार्यान्वयन नभएको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव चन्दले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको भेटघाट बढाएका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका चन्द बिहीबार नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेपाल र विप्लवबीच छलफल भएकै बेला प्रचण्ड पनि कोटेश्वर पुगेका छन् । त्यसपछि केहीबेर तीन नेताबीच छलफल भएको दाहालको सचिवालयले जनाएको छ । । भेटवार्तामा तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषय सामान्य छलफल भएको थियो ।

साथै चन्द नेतृत्वको पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमतिका विषयमा पनि छलफल भएको छ । तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपनि चन्द नेतृत्वको पार्टीका माग पूरा भएका छैनन् । चन्दसँगै धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।

कोटेश्वरमा नेताहरुबीच समसामयिक राजनीतिक विषयबस्तुमा केन्द्रित रहेर छलफल गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ुजुगलुले जानकारी दिए। उनीहरुबीच एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको बताइएको छ। विप्लवको साथमा स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला केही सहयोगीका साथ बिहीबार कोटेश्वर पुगेका हुन्।