प्रचण्डले आँट नगरेकाे भए अहिले मैहु भन्नेहरुले राजाकाे खुट्टा ढाेग्दै हुन्थे हाेला : रबी लामिछाने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असार ।

कार्यक्रम प्रस्ताेता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीले गरेकाे दह वर्षे जनयुद्दकाे खुलेर समर्थन गरेका छन । उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुकाे दिल खाेलेर समर्थन गर्दै यस्ताे धारणा राखेका हुन ।

सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेशमा चर्चित हुन सफल लामिछानेले याे देश नै माओवादीकाे एजेन्डामा चलेकाे वताएका छन । यहाँ जे जति उपलब्धीहरु प्राप्त भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएकाे उनकाे बुझाइ रहेकाे छ ।

नेपालीहरुले कठाेर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै कठाेर भन्दा कठाेर शाषण व्यवस्था भाेगेका छन । हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाकाे भरमा वाेल्ने गर्छाै, लेख्ने गर्छाै । हामी नराम्राे कामकाे यति विराेध गर्छाै कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैकाे अगाडी पढ्न सक्दैनाैँ । मन लागेकाे चिज खाना पाइएकाे छ, मन लागेकाे लाउन पाइएकाे छ, आफुलाइ चित्त नबुझेका कुराहरु मज्जाले बाेल्न पाइएकाे छ, कसैले कुनै पनि किसिमका विभेद गर्ने त के अलिकति संकेत मात्र गर्याे भने उसले सजाय भाेग्नुपर्छ ।

मानिसहरु अन्यायकाे विरुद्द वाेल्न पाएका छन, स्वतन्त्र रुपमा काम गर्न पाएका छन, सरकार वा कुनै पनि निकायमा भएका गलत कामकाे विराेध गर्न पाएका छन, खुेलेर राजनैतिक विचारकाे समर्थन वा विराेध गर्न पाएका छन याे भन्दा ठुलाे उपलब्धी भाैति विकास हुन सक्दैन । अब देशमा विकास निकास चाहिएकाे हाे र विकास भएन भनेर अन्य उपिब्धीहरु केहि हाेइनन भन्नु हुन्न ।