राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म देउवाले शपथ ग्रहण नगर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ असार ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्तिको बिज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि त्यसमा देउवाले आपत्ति जनाएका हुन् ।

आफू संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६(५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बुढानीलकण्ठबाट बाहिरिएका थिए ।

अदालतले प्रधानमन्त्री र राष्ट्रपतिलाई चरम अविश्वास ग¥यो । अदालतले ७ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन भन्यो । अदालतले राष्ट्रपतिलाई चरम अविश्वास गरेर २ दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि दियो । यो भनेको अदालतले चरम अविश्वास गरेको हो, यस्तो मान्छे पदमा बसिरहन उपयुक्त हुँदैन ।

लोकतान्त्रिक मूल्य मान्यता भएको देशमा अदालतको फैसलाको ठुलो मूल्य मान्यता हुन्छ । अदालतले उनीहरूलाई दोषी ठहर गरिसकेपछि उनीहरू सार्वजनिक पदमा बसिरहन नैतिकताले दिँदैन । राष्ट्रपतिले पटक–पटक संविधानको रक्षक भन्दा पनि ओलीजीको स्वार्थको रक्षा गर्नुभयो । उहाँको लागि संविधान ठुलो थिएन, प्रधानमन्त्रीले गरेको सिफारिस ठुलो थियो । संविधानको मर्मको बर्खिलाप हुने सिफारिस आउँदा पनि उहाँले ओलीजीको साथ दिनुभयो । यो फैसलाले गलत ढङ्गले काम गर्ने उहाँहरूको युगको अन्त्य भएको छ । प्रधानमन्त्री त यसै पनि पदमुक्त भइहाले अब नैतिकता छ भने राष्ट्रपतिले पनि पदत्याग गर्नुपर्छ ।