आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर गठबन्धनबाट बाहिरियो नेपाल समूह

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ असार ।

नेकपा एमालेको माधवकुमार नेपाल समूह पाँच दलीय गठबन्धनबाट बाहिरिने भएको छ । आज साँझ कोटेश्‍वरमा भएको गठबन्धनको बैठकपछि नेपाल समूह बाहिरिने भएको हो । आफ्नै पार्टी केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नेपाल समूह बाहिएको छ ।

बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्‍ने बताए । ‘हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो ।

उनले अब गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने बताए । ‘गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा,’ पन्तले भने । खबरडबली संवाददाता