काठमाडौँ, २८ असार ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार बिहान साढे ९ बजे गोलाप्रथामार्फत सेयर बाँडफाँड गर्न लागिएको हो।
गत असार १७ देखि २१ सम्म बिक्री खुला गरिएको कम्पनीको आइपीओमा २० लाख ३६ हजारभन्दा धेरैजनाको आवेदन परेको छ।
कम्पनीले जारी गरेको ३ लाख ८९ हजार कित्ता साधारण सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
बाँकी तीन लाख ६३ हजार ४९२ कित्ता सेयर ३६ हजार ३४९ जना सर्वसाधारणले १०/१० कित्ता पाउने छन्। दुईजना आवेदकले भने ११/११ कित्ता सेयर पाउने छन्।