रेष्टुरेन्टमा रमाउँदै प्रियंका चोपडा

हाम्रो सन्देश संवाददाता

एजेन्सी :=

बलिउड अभिनेत्री प्रियंका चोपडाको चर्चा बलिउडदेखि हलिउडसम्म छ । बलिउड सँगै हलिउका पर्दामा पनि काम गर्नुभएकी प्रियंकाले गायक निकसँग बिहे गरेपछि थप चर्चा पाउनुभयो । विशेषगरी प्रियंकाको सुन्दराको खुवै चर्चा हुनेगर्छ ।

यसैबीच अहिले अमेरिकामा प्रियंका र निकले खोलेको रेन्टुरेन्टमा खान आउनेहरूको भीड लाग्ने गरेको छ । विशेष गरी उनीहरूको रेस्टुरेन्टमा इण्डियन खाना पाउने भएकाले पनि मानिसहरूको जमघट बाक्लै हुन्छ ।

यसैबीच अहिले सामाजिक सञ्जालमा प्रियंका हट अवतारमा आफ्नो रेन्टुरेन्टमा रमाउँदै गरेको तस्वीर शेयर भइरहेको छ । प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत आफूले शेयर गरेको तस्वीरमा निकै खुशी देखिनुहुन्छ ।