ब्राजिलका राष्ट्रपतिको दावी- ब्राजिलले अर्जेन्टिनालाई ५-० हराउँछ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २६ असार ।

कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् ।

दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे । अर्जेन्टिना समकक्ष अल्बर्टो फर्नाडीज सामू बोल्सनोरोले ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो, ब्राजिलले ५-० ले जित्नेछ ।

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्दैछन । खेलको ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थियो भने टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो

अर्जेन्टिनासँग फाईनलमा भिड्नु अगाडि ब्राजिललाई लाग्यो ठुलो झड्का, अब के गर्छन् नेईमार ?
एजेन्सी। ब्राजिलका स्ट्राइकर गाब्रियल जिससले कोपा अमेरिकाको फाइनल गुमाउने भएका छन्। ब्राजिलले क्वार्टरफाइनलमा चिलीलाई १–० ले हराउँदा जिससले रातो कार्डको सामना गरेका थिए।

दक्षिण अमेरिकी फुटबल महासंघले जिससलाई दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो। त्यसकारण जिससले फाइनल गुमाउने भएका हुन्। मंगलबार सम्पन्न पेरूविरुद्धको सेमिफाइनलमा जिससको स्थान रिचार्डलिसनले लिएका थिए। ब्राजिलले पेरूलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

चिलीविरुद्धको खेलपछि जेससले आफूले गल्ति गरेको भन्दै माफी मागेका थिए। दुई खेलको प्रतिबन्धपछि ब्राजिलका फरवार्ड नेइमारले पनि असन्तुष्टि जनाएका छन्। उनले प्रतिबन्ध लगाउने निर्णय दुखद् भएको बताएका हुन्। कोपा अमेरिकाको समग्र इतिहासमा अर्जेन्टिना अघि छ। अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ। ब्राजिलले भने अहिलेसम्म ९ पटक कोपाको उपाधि जितेको छ। कोपा सर्वाधिक उपाधि जित्ने टिम भने उरूग्वे हो। उरूग्वे १५ पटक च्याम्पियन भएको छ।

विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिलले पाँच पटक उपाधि जित्दा अर्जेन्टिना दुई पटक च्याम्पियन बनेको छ। कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिल र अर्जेन्टिनाबीच फाइनलमा १४ वर्षपछि र समग्रमा चौथो पटक उपाधि भिडन्त हुन लागेको हो।