माओवादी केन्द्रको दावीसहित भबिसोर पराजुली निर्वाचन आयोगमा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २५ असार ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामको पार्टी आफ्नो रहेको दावी गर्दै निर्वाचन आयोगमा एक निवेदन परेको छ । भबिसोर पराजुलीले पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

उनको निवेदनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्वतह आफूलाई आधिकारिकता दिन उनले माग गरेका छन् ।