काठमाडौँ, २५ असार ।
सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको जनाएको छ।
नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो।
भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुने प्राधिकरणले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्स (बुधबार० र अर्को उडान एयर इण्डिया (सोमबार) गर्नेछन्।
यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एकरएक उडान गर्ने भएका छन्।
कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एकरएक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ।
साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको हो।
मलेसियाको क्वालालाम्पुरमा नेपाल् वायुसेवा निगमको वाईडबडि जहाज नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई दिन मात्रै उडान गर्नेछ । यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार गरि सातामा
तीन दिन क्वालालाम्पुर देखि काठमाडौं सम्मको उडानको अनुमति पाएको छ।
टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ । जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ।
एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने सूचीमा उल्लेख छ । सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।
त्यस्तै आन्तरिक उडानमा भने सरकारले सीमा हटाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीले आफुलाई आवश्यक संख्यामा उडान गर्न सक्नेछन्।